इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधरण तर्साउने दुई युवक पक्राउ

इटहरी । सुनसरीकाे इटहरीस्थित वसपार्क क्षेत्रका वस काउन्टर तथा यात्रुवाहक बस भित्र नक्कली पेस्ताेल देखाएर सर्वसाधरणमा त्रास फैलाउने दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

यसरी पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ बस्ने ३० वर्षीय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय शिरीष बोहरा रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले लामो समयदेखि नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउँदै आएको खुलेको छ । पक्राउ परेकाहरूको साथबाट एक थान नक्कली लाइटर पेस्तोलसमेत बरामद गरिएको डीएसपी कार्कीले बताए ।

पक्राउ परेका शेर्पा तरकारी व्यापारी रहेको र बोहरा रिकण्डिसन सञ्चालक रहेको खुलेको छ ।   पक्राउ परेका दुवैजनाविरुद्व आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित