एकै दिन चार सय रूपैयाले बढयाे सुनकाे मुल्य : हेर्नुस आजकाे बजार भाउ

इटहरी । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ।आइतबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित