सांसद भगवती चौधरीद्वारा बर्जुका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण , गढिमा बिपन्न वर्गलाई घर बनाईदिने आस्वासन

इटहरी । कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् ।

गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।

सांसद चौधरीले शुक्रबार बर्जु ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी छन् । नेकपा एमाले बर्जु ४ को भेलामा उनले न्यानो कपडा वितरण गरेकी हुन् ।

चौधरीले बर्जु र गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा पहल गरिरहेको पनि बताएकी छन् । केही समय अगाडि सो क्षेत्रका भूमिहिन नागरिकलाई घर बनाईदिन चुची फाउण्डेशनले स्थलगत अध्ययन गरेकोमा बर्जु र गढी गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिएकी छन् ।

सांसद चौधरीसँगै प्रदेशसभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । चौधरीले यसअघि इटहरी उपमहानगरपालिका ८ हरिजनवस्ती, सोनापुरको मुसहरवस्तीमा पनि न्यानो कपडा वितरण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित