स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

इटहरी । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरी उपमहानगरपालिका काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अंक प्राप्त गरेको छ । 

संघीय सरकारद्वारा आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक बर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरीले औषत ८१.२५% अंक हाँसिल गर्दा काठमाडौं महानगरपालिकाले ७८.५०% अंक प्राप्त गरेको छ भने धरान उपमहानगरपालिकाले ७१.५०% अंक प्राप्त गरेको छ । 

गत बर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उपमहानगरले उत्कृष्ट अंक हाँसिल गरेको थियो । मुल्यांकनका विभिन्न १० वटा विषयक्षेत्रमा इटहरी उपमहानगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अंक बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित