सबैलाई हँसाउने भेलु बाजे सिकिस्त : भन्छन्, ‘अब बाँच्दिनँ होला’

इटहरी । ठेट लवजमा बोलेर सबैलाई हँसाउँदै र रमाइलो गराउँदै आएका ६१ वर्षीय मेनबहादुर बुढा ‘भेलु बाजे’ अहिले बिरामी परेका छन् ।

‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका भेलुबाजे केहि समययता निरासाका कुरा गर्न थालेका छन् । कुनै समयमा सामाजिक सञ्जालमा चर्चामा रहेका तर, पछिल्लो समय श्रीमती गुमाएसँगै कमजोर बन्दै बिरामी परेर घरमै थला परेका भेलु बाजेलाई पत्रकार भोजराज थापाले प्युठानबाट उपचारका लागि काठमाडौं ल्याएका छन् ।

बाजे भन्छन्, ‘अब धेरै त बाँच्दिन होला, एक–दुई महिना बाँचिन्छ होला त्यो नि औषधि खाएपछि, कति पीडा छ, त्यो मलाई नै थाहा छ ।’ भेलुबाजे पछिल्लो समय अत्यधिक मदिरासेवनमा फसेका छन् । बुढ्यौली उमेरमा अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या देखिएका छन् ।

युट्युवर भोजराज थापाले भेलुबाजेलाई उपचारका लागि काठमाडौंको ग्रिनसिटी अस्पताल लिएर आएका हुन् ।भेलुबाजेले टेलिफिल्म ‘ख्यालठट्टा’ को तीन वटा भाग र अर्को टेलिफिल्म ‘माइलो’ मा पनि एउटा भागमा अभिनय गरेका छन । टेलिफिल्ममा अभिनय मात्र होइन उनले गीत समेत गाउने अवसर पाएका छन् । संगीतकार बीबी अनुरागीसँग मिलेर उनले ठाडी भाका ‘काटे डाली कैन’ गीत रेकर्ड गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित