काेशीमा हाम फाल्दा छाेराछाेरीकाे मृत्यु पछि फरार आमा १० वर्ष पछि सुनसरीबाट पक्राउ

इटहरी ।  काेशी नहरमामा हाम फाल्दा दुवै छाेरा छाेरीकाे मृत्यु भएपछि फरार रहेकी आमा १० वर्षपछि प्रहरी फन्दामा परेकि छिन । घटनामा दुइ सन्तानकाे मृत्यु भएपनि आमा बाच्न सफल भएकि थिइन । उनलाइ  सकुशल उद्धार गरी  धरानस्थित बिपी प्रतिस्ठानमा उपचार गराइएकाे थियाे । अस्पतालबाट फरार भएकाे १० वर्ष पछि आमा राधिका भट्टराईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

 २०७० असार १७ गते बिहान ७ बजे साबिक वराहक्षेत्र गाविस वडा ६ हालको वराहक्षेत्र नपा २ जव्दी चतरा झुम्का नहरमा बस्ने लक्ष्मी प्रसाद भट्टराईकी ३३ वर्षीय श्रीमती राधिका भट्टराई ३ वर्षको छोरा सुजन भन्ने टिका भट्टराई र १ वर्षकी छोरी भूमिका भट्टराईलाई साथमा लिई नहरमा हामफालेकी थिइन् ।घट्नामा दुवै बालबालिकाको नहरको पानीमा डुबेर मृत्यु भएको थियो ।

 अस्पतालबाटै फरार रहेकोले राधिका विरुद्ध प्रहरीले सुनसरी जिल्ला अदालतमा ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।   इलाका प्रहरीमा फरार सूचिमा रहेकी राधिका हुलिया बदलेर लुकिछिपी बसेको अवस्थामा १० वर्ष पछि पक्राउ गरेकाे हाे । प्रहरी अनुसार राधिका वराहक्षेत्र नगरपालिका-२ जब्दिमै हुलिया परिवर्तन गरेर बसेकी छन् भन्ने सूचना पाएपछि पुष ५ गते पक्राउ गरिएको हो । उनलाई सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप भई घट्नाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित