हर्क साम्पाङलाई अदालतकाे झट्का : बिपीमा लगाएकाे ताला तत्काल खाेल्न आदेश जारी

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै कार्कीको कार्यकक्षमा मेयर साम्पाङले ताला लगाएका थिए । तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा दिएकाे रिटलाई सुनुवाइ गर्दै उच्च अदालतले साे आदेश जारी गरेकाे हाे ।   न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

जारी आदेशमा 'बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो अस्पतालमा दैनिक हजारौं बिरामीले  स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दी जस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू बन्चित हुन गई रहेको अवस्थामा  सार्वजनिक हितका लागि एवम् नागरिकहरुको स्वास्थ्य उपचार पाउने हकअधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरु दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संस्था, संगठनहरुबाट बन्द हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको' उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित