सडक कालोपत्रे भएपछि झापाकाे दोमुखामा पर्यटकको लर्को
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।
कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यका रुपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।
उनले कात्तिक पहिलो हप्तादेखि सुरु भएको पर्यटकको चलपहल हाल खचाखच हुने गरेको बताए । उनका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् । ‘बिदा र शनिबारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्’, उनले भने, ‘यसबाट आउने शुल्कसमेत राम्रै सङ्कलन हुने गरेको छ ।’
पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ । यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उहाँको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् ।
उनले वनभोज खान आउनेबाट रु पाँच सयदेखि रु तीन हजारसम्म शुल्क लिने गरेको बताए । दोमुखा पर्यटकीय क्षेत्रमा बालउद्यान र बहुजातीय सङ्ग्रहालय, स्वीमिङपुल, झोलुङ्गे पुल रहेको जानकारी दिए । अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाँकन हुने गरेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिकाका सबैभन्दा धेरै सुविधा सम्पन्न होटल पनि यही क्षेत्रमा रहेकाले पर्यटकलाई पनि सहज भएको छ ।
![विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-1_2bgRpbmYg5_ngo05ybuivakrmwh1tb7vtdvcdj3cfzghtccbjmdsohi2yqepqxbzm1bxxxv_S6VAkWcp74_xslvaltmbxxidjmq2pkwrbybmrudybuu09dtrjkzxibtxdymlu8wluvpgozg.jpg)
विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते
![वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-b_IX7op7bpG1_o4r5lyufc7d6t9pfjgfg7p0opl2hoqwlyifahclwm1ikjpvrvmdloflqmys6_sGGQxPFYc8_k9himjfsea23jleui739jvjczqagdmhu2amkohgi0tesjxnqs21p1sra6tw4.jpg)
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध
![आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/duban-kailali-bhajani_lF17G04QKz_omvhi5jjmaayftt0092bfpuke1mnhshrgi5icxa1v8fyzbbsiqaqt3q48blk_gJ3FCuiKpD_8hrxyfxvnjvjrnbqkpymoxswdaodzlla0zfdqylfzn5tzdride837wfdprhu.jpg)
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अ…
![महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/sandhyaa_knhl82qiAP_8qlwixl3mszf3atxcc2hp7yj2tsq5hyr6vatoblntdblxc3zf09qtertgtaj_ToWReOPNY0_yetikngfjoznqttvwotj7usscrjocrhayai8pvsfhjfnupe5myp5ffyqvpbb.png)
महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा
![अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamor-flood__u8vF85asIv_es5ioylc9gyswyc0bafz86kth3zqkndklarutypok7a36uojsxnvnniqmjpt_mw2JGGjUaO_q2qomzxtox6xpn60wkasp9mqwohheh0hzc46vflfgd54ihsstxx5bvw9jzh8.jpg)
अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…
![बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?](https://snowberry.prixacdn.net/media/gallery_folder/road_ol2fs7PamI_eam9la8i104v9f2uwis6nx5zgldztmylbqh4wnncxbmvazmp7tvt1frk9pmz_3gW4mUF6Ih_b28ekmbkctulx4xlilhlmmpfdfujqy2ny9chk8hppwv7r4fcs9kdknvl9qqm.jpg)
बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कह…
![खसी, बोका बिकेनन् : धरान कृिष बजार ल्याउनुस ....](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan_jlt06Dujwv_gdb9oy1tyddloyczcamwrdroyi6tydqwzhbhcgcjfpvd2r51vnsygguqml0e_ek1GmaFvXQ_brrovqv4ymihrburshbn7rcsvvnqvzlzdeuvbpxeorngkfnmcd3aqyfdfjod.jpg)
प्रतिक्रिया