सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित