फिदिममा फिकअप दुर्घटना

पाँचथर / फिदिम फालोट सडक खण्ड अन्तर्गत फिदिम १ फेमे खोलामा टिफर दुर्घटना भएको छ । दुर्घटनामा टिफर चालक र त्यसमा सवार एक जना घाइते भएका छन् । विहिबार साँझ ४स्४० बजेको समयमा नांगिनबाट फिदिम तर्फ आउँदै गरेको ना ८ ख २२६ नम्बरको फिकअप फेमेखोला पुल भत्काई पुलबाट अन्दाजी १६ फिट तल खसेको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी टिफर चालक धनकुटा जिल्ला पाख्रीबास घर भई हाल सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १३ बस्ने वर्ष ३२ का अशोक राना मगर रहेको र उनको दाहिने आँखाको छेउमा चोट लागेको साथै दाहिने नलिखुट्टा भाँचिएको छ ।

चालकसँगै सवार अर्का एकजना पाँचथर जिल्ला फिदिम नगरपालिका ११ झुसेनी बस्ने वर्ष २४ का प्रताप दर्नाल रहेका छन् । उनको बाहिरी शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाई छ । हाल चालको अवस्था मध्यम रहेको र सँगै सवार दर्नालको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । उनीहरु दुवै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित