मोरङको बेलबारीमा आगलागी, १ लाखको क्षति

मोरङ । मोरङको बेलबारी नगरपालिका–१ भानुमार्ग बस्ने सावित्रीदेवी श्रेष्ठको भान्सा छरमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार कर्कटपातको छानो र बेरा लगाएर बनाइएको घरमा बिहानका राति १ बजेतिर आगलागी भएको हो ।

चुल्होबाट अचानक आगो सल्किँदा भान्सा घर, कोठामा रहेका अन्नपात, काठपात, भान्साका सामग्री जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ । आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित