मोरङ र तेह्रथुममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

मोरङ। कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा को १ ख ७८३५ नम्बरको बसले प्रदेश १(०१(००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाइते भएकी सफारीमा सवार ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो ।

मोरङकै सुन्दरहरैँचा नगरपालिका ८ मा प्रदेश १-०१-००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलवारी नगरपालिका(२ का २२ वर्षीय रुपक घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत झापाको मेचीनगर नगरपालिका(१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित