कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौ । कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकका आनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको हो ।
यस अवधिमा ३२.१९ प्रतिशत खुद नाफाले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ । साथै, खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा पनि ३२.२४ प्रतिशत ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।
कामना सेवाको चुक्ता पुँजी पुस मसान्तसम्म आइपुग्दा ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।
प्रतिक्रिया