इटहरी उपमहानगरले पेट्रोल मोटरसाईकललाई विद्युतीय रुपान्तरण गर्यो

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरण गरेको हो ।

पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर रुपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।

देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले हामी मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्न सक्षम भएका छौ ।    
  त्यस्तै इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि  ल्याब स्थापना गरेको छ  । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याब स्थापना गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 

 खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने ल्याबको स्थापना गरिएको छ नगर प्रमुख पौडेलले भने ।  उपमहानगरले खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन परीक्षणका लागि उपमहानगरमै रहेको ल्याबमा परिक्षण हुने छ । भौतिक पुर्वाधार प्रयोगशाला समेत स्थापना गरिएको  छ । पुर्वाधारमा प्रयोग हुने सामाग्रीको सम्पुर्ण ल्याबको ब्यबस्था गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै उपमहानगरपालिकाले निशुल्क चिया कफि सहितको नागरिक साहयता कक्ष समेत स्थापना गरेको छ । जहा नागरिकले आफ्नो काम काम र समस्या बारे भने लगातै कर्मचारीहरुले नै काम गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित