सुन १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौ /  नेपाली बजारमा सुन–चाँदीको भाउ बुधबार पनि घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको माहासंघले जनाएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । 

बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित