चिसो बढेपछी विराटनगरमा तीन दिन विद्यालय विदा दिने

विराटनगर / विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको छ । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

“केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन माघ ३ गते बुधवार देखि ५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराएको छ। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित