सुनसरीका औषधी व्यवसायीहरूलाई प्रमाणपत्र र परिचयपत्र वितरण

इटहरी  / सुनसरीमा औषधी व्यवसायीहरूलाई प्रमाणपत्र र परिचयपत्र वितरण गरिएको छ ।

नेपाल औषधी व्यवसायी संघ सुनसरीले माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्दै औषधी व्यवसायको प्रमाणपत्र तथा परिचयपत्र वितरण गरेको हो ।

जिल्लाभर नवीकरण भएका ३२५ जना औषधी व्यवसायी दर्तामा छन् । जसमध्ये एक सय ४० जनालाई पहिलो चरणमा  दिएको हाे । खुद्रा उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा भएको परिचयपत्र वितरणमा पहिलो दिन इटहरी र धरानका व्यवसायीहरूलाई लक्षित गरियो ।

परिचयपत्र र प्रमाणपत्र वितरणसँगै विभिन्न तालिम, गोष्ठी तथा व्यवसायीहरूलाई एकताबद्ध बनाउनका निम्ति थप कार्यक्रम आयोजना गर्ने श्रेष्ठले बताए ।

नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष दीपेन्द्र साहलगायतले परिचयपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित