प्रि-ओपन सेसनमा नेप्से सूचक ४ अंकले बढ्यो

काठमाडौ /  प्रि ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.५७ अंकले बढेर २१२५.१९ विन्दुमा आएको छ । 

यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ५५ कम्पनीको ११ हजार ८९९ कित्ता सेयर कारोबार हुदाँ ३३ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १३० वटा कारोबार भएको हो । 
 

प्रतिक्रिया

सम्बन्धित