हर्क साम्पाङले उपकूलपतिको कार्यालयमा लगाए ताला :-"राजीनामा दिनु ! नत्र घिसार्दै निकाल्न नपरोस्"

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा.प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् "बि.पि.अस्पतालको VC नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !"

प्रतिक्रिया

सम्बन्धित