कार दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु

इटहरी / तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक इटहरी उपमहानगरपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आइतबार राति ११ बजेतिर इटहरी–धरान सडकखण्डस्थित चारकोसेमा सेउती पुल नजिकै धरानबाट इटहरी आउँदै गरेको प्रदेश १–०२–००२ च ४१६० नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

कारमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने ३८ वर्षीय काशी चौधरी र संखुवासभाको मानेभञ्ज्याङ ३ बस्ने ३० वर्षीय उमेश पराजुली घाइते भएका छन् ।

चालकको सवारी चालक अनुमति पत्रर मापसे नखुलेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित