‘जसले बोक्यो, उसैको टाउकोमा दिसा गर्दै नहिड्न ’ धरानका मेयर हर्क साम्पाङलाई उपमेयर बेघाको सुझाव

धरान । धरानका मेयर हर्क साम्पाङले शेयर गरेको एउटा भिडियो कन्टेन्टका कारण उपमेयर आईन्द्रबिक्रम बेघा आक्रोशित भएका छन । भिडियोमा उपमेयर बेघाको मन पहिलेदेखि नै विषालु भनेर उल्लेख गरिएको थियो । एक युट्युब च्यानलले गरेको उक्त पोस्टलाई मेयर राईले शेयर गरेका थिए ।

आईतबारको कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडियोबारे कुरा उठाए । बेघाले आफुले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अठ्याएको आरोप लगाए । उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे ।

‘तपाईले खेलाँची गरेको हो, किन शेयर गर्नुभो ?’ उपमेयर बेघाले आक्रोशित हुँदै भने, ‘तपाईलाई काँधमा आँखा चिम्लेर बोकेर हिडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस् ।’

 

प्रतिक्रिया

सम्बन्धित