नेपाली किशोरीलाई ट्रयापमा पारेको आरोपमा जोगबनीका युवक पक्राउ

विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क बढाइ ट्रयापुमा पारेर यौन शोषण गरेको आरोपमा एकजना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले, जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँगको सहकार्यमा शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जोगबनीका २६ वर्षीय रबिकुमार छन् । उनले अनलाइनबाट नेपाली शिक्षित किशोरीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन सम्बन्ध बनाएपछि झुक्याएर भिडियो खिच्ने गरेको खुलेको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार हालसम्म १५ जना बढी किशोरी उनको ट्रयापमा परिसकेको गुनासो प्रहरीमा पुगेको छ ।

क्रमशः पीडितको संख्या बढ्दै गएपछि शुक्रबार उस्तै प्रकृतिको घटनाका लागि विराटनगर आएका बखत पक्राउ गरिएको हो । एक पटक यौन सम्बन्धमा बसेका किशोरीलाई भिडियोका आधारमा उनले उल्टो ब्लाकमेलिङ गर्ने गरेको पाइएको छ । उनले भिडियो अपलोड गर्ने धम्कि दिदै प्लेनको टिकट तथा होटल बुक र खर्च समेत किशोरीलाई तिराउने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित