पूर्वका बिभिन्न स्थानमा बास माग्दै चोरी गर्ने बावु छोरा पक्राउ

इलाम / पूर्वका बिभिन्न स्थानमा बास माग्दै चोरी गर्ने बावु छोरालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।

भारतीय आर्मी बताउदै बिभिन्न सम्बन्ध गाँसेर बास बस्ने र सोही घरवाट नगद, गरगहना र अन्य जिन्सी सामान चोरी गरेर फरार रहेने गरेका भारत विहार फारबिसगञ्च अररिया पोखरी वस्ती वडा नम्बर–१५ घर वताउने बर्ष ३५ का सन्तोष थापा र उनकै छोरा बताउने बर्ष १० का आर्यन थापा पक्राउ परेका हुन् ।

इलामको माई स्थित चिलिमकोट चिया बगानमा रहेका ती ब्याक्तिहरु प्रति शंका लागेर सोधपुछ गर्दा विगत चोरी गर्ने हुलिया मिलेको आधारमा प्रक्राउ गरिएको लोदिया प्रहरी चौकी प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक कैलाश कुमार केसीले जानकारी दिनुभयो ।

उनीहरुको साथमा रहेको को ३८ प ११०४ नम्बरको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल मोरङ्ग उर्लाबारीवाट चोरी गरि उनी माई नगरपालिका इलाम तर्फ फरार रहेको सनाखत भएको छ। पक्राउ परेका बाबु छोरालाई विहिवार इलाका प्रहरी कार्यालय उर्लाबारी पठाईएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जवेगूले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित