वराहक्षेत्रमा हात्तीको आक्रमणबाट बिष्टको मृत्यु

वराहक्षेत्र / सुनसरीको वराहक्षेत्र-५ सिमरवनामा जङ्गली हात्तीको आक्रमणबाट ६९ वर्षीय भिमबहादुर बिष्टको मृत्यु भएको छ ।

बिहीबार बिहान करिब ११ बजेको समयमा जङ्गलबाट घाँस लिएर घर फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणबाट सिमरवना टोलका बिष्टको स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका बिष्टको टाउको, खुट्टा, शरीरमा क्षति भएको थियो । मृत्यु भएका बिष्टको घटना स्थलमै पुगेर नगर प्रमुख रमेश कार्कीको रोवरमा स्थानिय जनप्रतिनिधि, प्रहरी, वन कार्यालयका अधिकारीहरूको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित