हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर / बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर बिमानस्थलको उडान आज पनि प्रभावित बन्ने भएको छ ।

उपर्युक्त भिजिविलिटी नहुँदा हिंजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो ।हिंजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौं जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । अन्य उडान भने रद्द गरिएको थियो ।

आज पनि मौसमको अवस्था हालसम्म उस्तै रहेको कारण उडान हुने नहुने टुंगो नभएको उनले बताए ।सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ ।बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो

विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाईन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरु हुने र दैनिक करिब १ हजार हवाई यात्रुहरुले सेवा लिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित