धरानमा मनिताले २५ हजारमै खाेलीन साबुन उद्याेग : तीन घण्टाकाे मेहेनतबाट कमाउछिन मासिक १ लाख

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकि छिन ।  उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी  लगायत अन्यत्र बिक्री गर्दै आएकि छिन । उनले भनिन“अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ । अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।” 

नेपाली विषयमा स्नातकोत्तर गरेकी घिमिरे पहिल्यैदेख अन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा रहेकाे बताउछिन  । द “केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँर  आफैले साे उद्याेग सञ्चालन गरेकाे बताउछिन। ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम लिएर सिकेकाे सिप सदुपयाेग गर्दै साबुन उद्याेग सञ्चालन गरेकाे घिमिरे बताउछिन ।

विगत छ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहेकी घिमिरेले रु ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउछिन । थोरै  लगानीबाट धेरै आम्दानी गर्न सकिने उनकाे भनाइ छ । “मैले त छ वर्षअघि रु २५÷३० हजार लगानीबाट सुरु गरेकी थिएँ । यसबाट सोचेभन्दा राम्रै फाइदा भयो”,उनले भनिन, “अहिले सामाजिक सञ्जालबाटै धेरै माग आउँछ । पसलबाट पनि माग आउँछ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।”उनले यस्ता उद्याेग सानाे लगानीमै सञ्चालन गर्न सकिने पनि बताइन । 

 पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आएकि छिन ।   उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत स्थानमा तालिम सञ्चालन गरिसकेकी घिमिरेले आफ्नै गाउँघरमा  पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन नपाउने भन्दै ज्ञान समेत बाडछिन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।” फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने उनकाे बुझाइ छ । यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उनकाे धारणा छ । 

 

प्रतिक्रिया

सम्बन्धित