लक्ष्मी सनराइज बैंकको आज साधारणसभा

काठमाडौ । नेप्सेमा सूचीकृत लक्ष्मी सनराइज बैंकको बिहिबार साधारणसभा बस्दै छ । कम्पनीले । साधारण सभामा गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छन् । बैंकले बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट २ र सर्वसाधारण समूहबाट पनि २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित