बेलबारीबाट ईनरुवा सरेको प्रदेश प्रहरी अस्पताल कहिले फिर्ता आउँछ ?

बेलबारी / मोरङको बेलबारीबाट सुनसरीको ईनरुवा सरेको प्रदेश प्रहरी अस्पताल बेलबारीमै पुर्नस्थापनाका लागि पहल भईरहेको भएपनि कहिले फिर्ता आउँछ भन्ने अन्यौलता कायमै रहेको छ ।

बेलबारीमा प्रदेृश प्रहरी अस्पताल फर्काउन जग्गाको जोहो गर्नेदेखि बार्षिक रुपमा आर्थिक सहयोग लगायत प्रदेश देखि केन्द्र सम्म लबिङ समेत भईसकेको छ । तरपनि प्रदेश अस्पताल फर्किने बिषय भने टुंगो लाग्न सकेको छेन । अस्पताल सरेको १ महिना बितिसकेको छ,तरपनि अस्पताल फर्किने बिषयमा अझै अन्यौलता र आशंका कायमै छ । अस्पताल फर्काउने बिषयमा पोजेटिभ कुरा भईरहेपनि मिति टुंगो नलागेको बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई बताउँछन । उनले अस्पतालका लागि भौतिक संरचना समेत लगभग तयारी अबस्थामा राखेको बताए । बेलबारी ४ मा रहेको नगर अस्पतालको भवन तत्कालका लागी प्रदेश प्रहरी अस्पताललाई उपलब्ध गराउने गरी माघ १५ सम्ममा तयारी गरी नगरलाई बुझाउन ठेकेदारलाई निर्देशन दिईसकेको समेत बताए ।

यसैबिच बेलबारी नगरपालिकाले बेलबारी १ मा अस्पतालका लागि १ बिगाह ३ कठठा नम्बरीसहित कुल २ बिगाह १३ कठठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने पौष ७ गते बसेको १ सय ८ औं कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । बेलबारी १ मा अबस्थित पूर्व पश्चिम लोकमार्गबाट ४ सय ३० मिटर उत्तर प्रस्तावित बसपार्क क्षेत्रको दाताबाट पास हुन बाँकी ३ कठठा १२ धुर सहित बेलबारी नगरपालिकाको नाममा कायम रहेको एक बिगाह तीन कठठा साडे उन्नाइस धुर नम्बरी जग्गा जग्गा र सो जग्गासँगै जोडिएको नगरपालिकाको हकभोगमा रहेको २ बिगाह १६ धुर सार्वजनिक जग्गा मध्येबाट एक विगाह १० कठठा गरी कुल २ बिगाह १३ कठठा जग्गा प्रहरी अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि हक हस्तान्तरण सहित उपलब्ध गराउने निर्णय गरिसकेको छ।

अस्पतालको भौतिक पूर्वाधार निर्माण नभइन्जेल सम्मका लागि हाललाई बेलबारी नगरपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न हुन लागेको नगर अस्पतालको भवन पूर्ण रूपमा संचालन र उपयोग गर्न दिने निर्णय पनि गरेको छ । साथै अस्पताललाई नगरपालिकाले उपलब्ध गराउने जग्गामा भवन निर्माणका लागि नगरपालिकाको तर्फबाट एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय पनि भएको छ ।अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बिनियोजित भएकोमा सो रकममा १० लाख नै थप गरी कुल बार्षिक २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

अस्पतालको सञ्चालन, ब्यबस्थापन तथा भौतिक पुर्वाधार निर्माणका लागि अन्तरपालिका स्तरमा समन्वय गरी प्रत्यक्ष रूपले लाभान्वित हुने आसपासका पालिकाहरुबाट पनि सहयोगको वातावरण बनाउन पहल गर्ने निर्णय भएको छ । यसअघि २०७९ फागुनमा बेलबारी ३ स्थित पुरानो ईलाका प्रहरी कार्यालय परिसरमा प्रहरी प्रादेशिक अस्पताल उद्घाटन भई संचालन हुँदै आएको थियो तर भवन निर्माणका लागि उपयुक्त र पर्याप्त जग्गा तथा पुर्वाधार नभएको भन्दै अचानक २०८० मंसिर २६ गते राती प्रहरी प्रादेशिक अस्पताल इनरुवा सारिएको थियो ।

चौतर्फी दाबाब र बिरोधपछि बेलबारीका नेताहरू र जनप्रतिनिधिको टोली काठमाण्डौ गई प्रधानमन्त्री र नेपाल प्रहरीका आइजिपीसहित प्रहरी अस्पतालको टिमलाई भेटेर प्रादेशिक प्रहरी अस्पताल बेलबारीमै पुनस्थापना गराउने सहमति गरी फर्केको थियो ।

सोही अनुसार केहि साताअघि नेपाल प्रहरीको काठमाडौँबाट प्रहरी नायब महानिरीक्षक विजयराज श्रेष्ठ, वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्की प्रहरी चिकित्सक तथा इञ्जिनियर अधिकृतहरू सहितको टोलीले जग्गा र पुर्वाधार हेरेर फर्किएको छ ।

All reactions:

14Narendra Basnet and 13 others

प्रतिक्रिया

सम्बन्धित