यि दुइ युवक – जस्ले ६ महिनामा एक सय बढी माेटरसाइकल चाेरेर भारत सम्म पुर्याए

इटहरी ।  मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका २ का २३ वर्षीय निकाइल अन्सारी छन्। 

अनुसन्धानका क्रममा उनीहरुले लामो समय देखि मरोङ र सुनसरीका विभिन्न स्थानहरूबाट एक सयवटा भन्दा धेरै मोटरसाइकल चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्याल्य मोरङले जनाएको छ।  नेपालमा चोरी गरेका मोटरसाइकल उनीहरुले भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा लगेर बिक्री गर्दै आएका थिए। 

प्रहरीका अनुसार उनीहरुले विराटनगरबाट मात्र सात वटा मोटसाइकल चोरी रहेको खुलेको छ । यसअघि पनि एक सय बढी मोटसाइकल चोरी गरेको बयानको क्रममा स्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘पक्राउ परेका गिरोह श्रृङ्खलाबद्ध चोरीको घटनामा संलग्न रहेको प्रतिवादी रहेको खुलेको छ,’ उनले भने, ‘विगतको घटनाक्रम पनि अपराधिक गतिविधिमा संलग्न रहेको छ ।’

उनीहरुले मंसिरमा दिनैपिच्छे चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यसैगरी मंसिर ६ गते विराटनगर–७ सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङमा पार्किङ गरी राखेको को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाइकल, मंसिर ८ गते विराटनगर– ९ गद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल, मंसिर ९ गते विराटनगर–७ कोशी अस्पताल परिसरबाट को.२५ प १८११ नं. को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाइकल, मंसिर २२ गते विराटनगर–४ नोबेल अस्पतालको पार्किङ स्थलमा पार्किङ गरी राखेको को २९ प ५५४ नं. को हिरो कम्पनीको स्प्लेण्डर मोटरसाइकल र मंसिर २७ गते विराटनगर–६ भाटभटेनी सुपरमार्केटको पार्किङ स्थलमा पार्किङ गरी राखेको होण्डा कम्पनीको को. २१ प ५८९४ नम्बरको साइन सिवि मोटरसाइकल चोरी गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित