सुनको भाउ घट्दा चाँदी स्थिर

काठमाडौ /  नेपाली बजारमा सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी काहासंघका अनुसार २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको थियो । 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। 
। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
 

प्रतिक्रिया

सम्बन्धित