सर्पोर्ट पुर्नस्थापना केन्द्रद्धारा लागुऔषध न्यूनिकरणमा पहल

पथरी ।  मोरङको पथरी शनिश्चरे ७ मा रहेको सर्पोर्ट पुर्नस्थापना केन्द्रको आयोजनामा लागुऔषध तथा दुर्वेशनी न्यूनिकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लागु औषध तथा दुर्वेशनीमा युवाहरु नफसुन भन्न्ने उदेश्यका साथ पथरी शनिश्चरे नगरपालीका वडा नं. १ को आर्थीक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायव उपरिक्षक गणेश बहादुर श्रेष्ठले युवाहरु कसैको संगत, लहैलहैमा लाग्दा जिवनभरी युवा उमेर कालो कोठरीमा बित्ने गरेको बताउनु भयो । उहाँले उर्जाशिल उमेर आफ्नो परिवार, समाज राष्ट्र, र विश्व जगतमा सफल्ता प्रप्त गर्न अनुरोध गर्नु भयो । सहभागि भाई बहिनीहरुको जिज्ञासामा उहाँले लागु औषधबाट युवाहरु पर्ने कानुनी जटिलताका विषयमा जानकारी दिनु भएको छ । 

विशिष्ट अतिथी पथरी शनिश्चरे वडा नं। १ का वडाध्यक्ष भिम कुमार राईले युवा र किशोर उमेरमा धेरै कुलतमा फसेको कारण वडाले सचेतना कार्यक्रम संचालनमा ल्याएको बताउनु भयो । यो देश बनाउने जिम्मा युवाको भएकाले आफु र आफ्नो समुदायमा परिवर्तनका लागि लाग्नु पर्ने उहाँको भनाई छ । 

सहभागि विद्यार्थीहरुलाई लागुऔषध तथा दुर्वेसनीमा काम गर्दै आउनु भएका परामर्शदाता पाल्देन शेर्पाले सहजिकरण गर्नु भएको थियो । शेर्पाले लागुऔषध तथा दुर्वेसनीबाट हुने असर र समाजमा पर्ने प्रभाव र उर्जावान उमेर लागुऔषध दुरब्यसनी सकिदै जाने र भविश्यमा समुदायमा अपहेलीत भएर बच्नु पर्ने भएकाले समुदायमा भएका यस्ता कार्यलाई न्यूनिकरणमा युवाहरु लाग्न अनुरोध गर्नु भयो । 

कार्यक्रममा पंचायत माबि र सुनाखरी माबि पथरीशनिश्चरे १ मा कक्षा ९ र १० मा अध्यानरत छात्र छात्राहरुको सहभागिता रहेको थियो । लागु औषध तथा दुर्वेशनीमा स्कुले बाल बालिकाहरु फस्दै गएको कारण किशोर किशोरीहरुमा जनचेतनाका जगाउदै समुदाय सुधारमा सहयोग पुग्ने उदेश्यले कार्यक्रम गर्दै आएको सर्पोर्ट पुर्नस्थापना केन्द्रका संचालक विपिन गुरुङले बताउनु भयो ।
सर्पोर्ट पुर्नस्थापना केन्द्रकाले केन्द्रले प्रत्येक बर्ष सचेतनाका कार्यक्रम गर्दै आएको र नगर संग समन्वय गरि नगरका दुर्वेसनीमा लागेका युवाहरुलाई पुर्न नयाँ जिवनमा फर्काउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित