बेलबारी १९ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन

बेलबारी । मोरङको बेलबारी नगरपालिका १९ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको छ ।  पुष ४ गतेदेखि बेलबारी नगरपालिका प्रमुख प्रशासकीय बिहिन भएको हो । प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीको झापाको दमकमा सरुवा भएपछि बेलबारी आएका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुँईटेलले समेत ३ महिनाको अबधिमै बेलबारीबाट भत्तपुरको सुर्यबिनायक नगरपालिकामा सरुवा भएपछि बेलबारी नगरपालिका प्रमुख प्रशासकीय बिहिन भएको छ । प्रमख नहुँदा बेलबारी नगरपालिकामा अत्याबश्यक कामहरु समेत हुन सकेको छैन ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीमा प्रमुख प्रशासकीय अधिकृत को आउने भनने बिषयमा टुंगो नलागेपनि आज वा भोलि नै टुंगो लाग्ने बताएका छन । प्रमुख नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन । उनीहरु नगरपालिका आँउदै फर्किन बाध्य भएका छन ।

प्रतिक्रिया

सम्बन्धित