उपभोक्ता ठगेको आरोपमा दुई व्यापारीलाई साढे २ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगेको आरोपमा दुई जना दुई व्यापारिक फर्मलाई२ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको हो।

विभागले नयाँ बानेश्वको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए। उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामाग्रीको व्यापार गर्नुका साथै कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको पाइएपछि विभागले कारबाही गरेको जनाएको छ।

यस्तै, नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ। आज विभागले नयाँ बानेश्व क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित