डिभोर्सको हल्लाबीच अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय , भारत भरी चर्चा

एजेन्सी । पछिल्लो समय बलिउड रियल कपल ऐश्वर्या राय र अभिषेक बच्चन डिभोर्सको हल्लाका कारण चर्चामा छन्।दुवैको सम्बन्धमा दरार आएको खबरबीच ऐश्वर्याले अभिषेक बच्चनको टिमलाई सपोर्ट गरिरहेको भिडिओ सार्वजनिक भएको छ। 

हालै स्टार स्पोर्ट्स इन्डियाले प्रो कबड्डी लिगको भिडियो सार्वजनिक गरेको छ। जसमा ऐश्वर्या र अभिषेकसहित आराध्या बच्चन र अमिताभ बच्चन कबड्डी टिम जयपुर पिंक प्यान्थरलाई सपोर्ट गरिरहेका छन्।

पूरै बच्चन परिवार टिमलाई सपोर्ट गर्दा निकै खुसी भएको भिडिओमा देख्न सकिन्छ। चियर गरेको टिमले जितेपछि सम्पूर्ण परिवार खुसीले रमाएको थियो। खासमा अभिषेक बच्चन कबड्डी टिम जयपुर पिंक प्यान्थरका मालिक हुन्।

प्रो कबड्डी लिगको १० औं सिजनमा जयपुर पिंक प्यान्थरले ७ जनवरीमा यू मुम्बईसँग भिडेको थियो। जयपुरको टोलीले मुम्बईलाई ४१–३१ ले पराजित गर्दै जित निकालेको हो।

पूरै बच्चन परिवार एउटै जर्सी लगाएर प्रो कबड्डी लिगको खेल हेर्न आएको थियो। आराध्या अगाडि बसेकी थिइन् भने ऐश्वर्या अमिताभ बच्चनसँग थिइन्। अभिषेक बच्चनले पनि आफ्नो टिम जयपुर पिंक प्यान्थरको खेल परिवारसँग बसेर हेरेका थिए।

प्रतिक्रिया

सम्बन्धित