बेलबारी ७ मा गाइको गोठ जान ३ करोडको पुल !

बेलबारी ।  मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ मा रहेको कयर खोलामा ३ करोड बढीको लागतमा निर्माण भएको पक्की पुल बेकामे बनेको छ । सोही पुल यतिबेला गाईको गोठमा पुग्नका लागि मात्र प्रयोग भईरहेको छ । 

बेलबारी ७ हर्दिबारी चौकबाट पश्चिम करिब २ सय मिटर कयर खोलामा बि.स २०६९ सालमा करिब ३ करोड रुपैयाको लागतमा सो पुल निर्माण भएको थियो । सो पुल हुँदै सानो द्यैती खोलामा कल्भर्ट निर्माण गरी रंगेली जोडने हुलाकी राजमार्गको लागि ट्रयाक खोलिएको भएपनि स्थानीय जग्गादाता सुन्दर बस्नेतले सहमति बमोजिम जग्गा नदिँदा सो ट्रयाक अलपत्र परेपछि यतिबेला सो पुल तरेर बसनेतको गाई गोठमा मात्र पुग्न सकिन्छ । 

शुरुमा सोही पुल अन्यत्र नै निर्माणका लागि सर्भे गरिएको थियो । तत्कालिन समयमा बस्नेतले बाटोका लागि आफनो जग्गाबाट ट्रयाक खोल्ने सहमतिमा पुल हाल रहेको स्थानमा सारेका थिए । पुल निर्माण सम्पन्न भएपछि बस्नेतले आफनो जग्गासम्म पुग्ने ट्रयाक खोलेपनि आफुले दिन्छु भनेको जग्गामा भने बाटो बन्द गरेका थिए । सोही समयमा बस्नेतका भाई मन्त्री समेत रहेका थिए । सोही शत्तिको दुरुपयोग गर्दै उनले पुल आफनो प्रयोगका लागि निर्माण गरेको स्थानीय आरोप लगाउँछन । 

स्थानीयले सहमति अनुसार जग्गा दिन र बाटोको ट्रयाक खोल्न पटक पटक बस्नेतले आनाकानी गरेको र बाटोका लागि उल्टै जग्गा किन्नुपर्ने प्रस्ताव गर्न थालेपछि आईतबार सोही स्थानमा भेला भएका स्थानीयले बस्नेतले शुरुमा ट्रयाक खन्न देखाएकै ठाउँमा बाटोको ट्रयाक खनेका छन । बेलबारी ६ र ७ का स्थानीयले हराएको बाटोको ट्रयाक खनेको र सोही बाटोालई जसरी पनि प्रयोगमा ल्याईने बताएका छन । पटक पटक बस्नेत सँग बाटोका बारेमा कुरा गार्द समेत सहमति नभएपछि ट्रयाक खनिएको बेलबारी ६ का स्थानीय अगुवा मिलन राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित