कार्यपालिका सदस्य सचिवको, पथरी शनिश्चरे ८ मा ताला, ४ घण्टापछि खुल्यो

पथरी /  साबिक शनिश्चरे गाविस वडा नम्बर ४ का स्थानीय बासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा लगाएको ताला खोलिएको छ । सखुवारामा स्थापना हुने भनिएको प्रहरी चौकी  दोहलु शुक्रबारे हुनु पर्ने माग गर्दै साबिक शनिश्चरे गाविस वडा नम्बर ४ का स्थानीय बासीले १० बजे अघि नै ताला लगाएका थिए ।

पथरी शनिश्चरेका र प्रशासनिक कर्मचारीको फटाइका कारण विवाद उत्पन्न भएको हो । हात पथरी शनिश्चरेको ३ स्थानमा पथरी शनिश्चरे ८ को दोहलु शुक्रबारे, पथरी शनिश्चरे ७ कीर्तिपुर बजार र पथरी शनिश्चरे ३ पिपल चोकमा पहिलो प्राथमिकतामा प्रहरी चौकीको आवश्यकता रहेको देखिन्छ ।

कार्यपालिकामा भदौ महिनामा पथरी शनिश्चरे ७ कीर्तिपुर बजारमा प्रहरी चौकी राख्ने विषयमा छलफल भएको पथरी शनिश्चरे वडा नं ७ का वडाध्यक्ष उद्धव बस्नेतले बताउनु हुन्छ । उहाँले  वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले राखेको प्रस्तावमा निर्णय भएको तर पछि कहाँबाट ८ मा पुग्यो सबै अचम्ममा परेको बताउनु भयो ।

कार्यपालिका सदस्य सचिवकोले कार्यपालिकामा प्रस्ताव र छलफलै नभएको वडा न‌ ८ सोमबारे बजारको विषय निर्णयमा उल्लेख गरे पछि आफूले फरक मत राखेको वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेलेको भनाई छ ।  नगरमा प्रतिपक्ष कमजोर रहेका कारण धेरै यस्ता घटना भित्र भित्रै दबिने गरेको उहाँको भनाई छ । कार्यपालिकामा जे निर्णय भएको थियो सोही अनुसार कार्यपालिका सदस्य सचिवकोले निर्णय गरेको भए आज यो अवस्था आउने थिएन वडाध्यक्ष न्यौपानेले बताए ।

वडाध्यक्षको भनाई अनुसार कर्मचारीले छलफल भन्दा फरक माइनुटमा निर्णय गरेको प्रस्ट बुझिन्छ । कार्यपालिकाले पहिलो प्राथमिकताका आधारमा कीर्तिपुरमा राख्ने निर्णय गरेको थियो । तर नगरका कार्यपालिका सदस्य सचिवकोले नजिकै दुई वटा सुरक्षा निकाय (कुसे प्रहरी चौकी र सशत्रकाे बेस क्याम) भएको स्थानमा निर्णयमा थपेको देखिन्छ ।

यता नगरका कार्यपालिका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत शशी राई सँग बुझ्दा आफू आईकन उक्त विषयमा छलफल नभएको र उक्त विषय आफूलाई थाहा नभएको बताउनु भयो ।

पथरी शनिश्चरे ८ साबिक शनिश्चरे ४ मा सुरक्षाका कुनै पनि निकाय सक्रिय नरहेकाले चोरी, डकैती, लागुऔषत ओसारपसार लगायत आपराधिक घटना घट्दै आएको र प्रहरी चौकीको माग गरिएको सङ्घर्ष समितिका सचिव सुनिल सदेम्बा लिम्बुले बताए । स्थानीय बासीले वडा सदस्य बाबुराम चौधरीको अध्यक्षता गत पुस १८ गते दोहलु शुक्रबारे आम भेला बसेको थियो ।

१ सय ८८ उपस्थित भेलाले प्रहरी चौकी माग गर्ने निर्णय गरेको थियो । भेलाले तुम्साको नेतृत्वमा १३ सदस्यीय सङ्घर्ष समिति, गङ्गा भण्डारी संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको थियो । साथै दोहलु शुक्रबारेमा रहेको २ कोठे टहरा भवनलाई प्रहरी चौकीको कार्यालयको स्थान उपयोग गर्ने समेत निर्णय गरेको थियो ।

तालाबन्दी गरेको ४ घण्टापछि दिउँसो २ बजे ताला खोलिएको छ । वडा अध्यक्ष नबिन जङ्ग कार्कीले सखुवारामा स्थापना हुने भनिएको प्रहरी चौकी अहिले नबनाउने  र उपयुक्त स्थान खोज्ने सहमति जुटेपछि कार्यालयको ताला खोलिएको बताएका छन् । प्रहरी चौकी माग गर्न बनेको सङ्घर्ष समितिका अध्यक्ष वीर बहादुर तुम्सा नेतृत्वको टोलीले प्रहरी चौकीको माग गर्दै अनिश्चित कालीन तालाबन्दी गरेको  थिए ।

प्रतिक्रिया

सम्बन्धित