लर्डबुद्धमा रहेको कूलप्रसाद भट्टराई स्मृति कोषबाट क्यान्सर पीडित बालकलाई सहयोग

पथरी । मोरङ पथरी शनिश्चरे १ सुकुम्बासीका क्यान्सर पिडित १८ बर्षका किशोर राजेश राईको उपचारमा सहयोग जुट्न थालेको छ । लर्ड बुद्ध साकोसमा स्थापना भएको स्वर्गीय कूलप्रसाद भट्टराईको स्मृतिबाट दश हजार सहयोग जुटेको हो ।

छोरा इन्द्रप्रसाद भट्टराईले स्थापना गरेको अक्षय कोषबाट उपचार अभावमा रहेका क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग जुटेको हो इन्द्रप्रसाद भट्टराईले आर्थिक अभावले क्यान्सर रोग बुबा गुमाएको कारण कोहि पनि आर्थिक अभावले उपचारबाट बन्चित नहुनु भनि १ लाख रूपैयाँको अक्षय कोष स्थापना गरेका हुन ।

लर्ड बुद्ध साकोसले उत्त कोषबाट प्रतयेक बर्ष एक जना विरामीलाई उपचार खर्च सहयोग गर्ने गरेको सचिव महेन्द्र ढुङगानाले बताए । पथरी शनिश्चरे १ सुकुम्वासीमा बसोबास गर्दै आएका राजेश पञ्चायत मा विका जेहेन्दार छात्र हुन । ६ महिना अगाडी देखि उपचारको अभावमा घरमै बसेका राजेशको समाजसेवी धनकुमार तामाङले सहयोग संकलन सुरु गरेका छन ।

उपचारका लागि डाक्टरले भरतपुर क्यान्सर अस्पताल जानु भने पनि आर्थिक अभावले उपचारमा समस्या भएको परिवारको भनाई छ । सबैको सहयोग भए सानो उमेरको पढाईमा अब्बल भाईको उपचार संभव हुने भएकाले लर्डबद्ध साकोसले उपचारमा सहयोग जुटाएको ब्यवस्थापक गणेश बाछान्ना राईले बताए । साकोसले कोषका संरक्षक छोरा इन्द्रप्रसाद भट्टराई सहित क्यान्सर पीडित राईको घरमै गई नगद १० हजार रुपैयाँ सहयोग गरेको छ ।

यस अघि उत्त कोषले १५ वर्षीय बालक अमिर माझी, पथरी शनिश्चरे ८ का हर्क बहादुर माझीको उपचारमा सहयोग उपलब्ध गराएको छ । कम्जोर आर्थिक अवस्था भएका राईको उपचारका लागि सबैले सकेको सहयोग गर्न कोषका संरक्षक इन्द्रप्रसाद भट्टराईले अनुरोध गरेका छन । इच्छुक सहयोगी महानुभावहरुका लागि एन एम वी बैकमा रहेको खाता नं. ०५६०१६९७०६१०००१४ मा सहयोग गर्न सक्नु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित