मेघा बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित मेघा बचत तथा ऋण सहकारी संस्थाको शनिवार १२ औ साधारण सभा सम्पन्न भएको छ । लायन्स भवनमा सम्पन्न सहकारीको सभामा आर्थिक मन्दीका कारण धरासयी बनेको सहकारीहरूको अवस्थाबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरू राष्ट्रिय सहकारी सङ्घ इटहरीकी अध्यक्ष सविना श्रेष्ठ , इटहरी उपमहानगरको सहकारी शाखाका प्रतिनिधि ओम प्रकाश मेहता , नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीका सचिव सञ्जीव ढुङ्गाना,बचत तथा ऋण सहकारी सङ्घ सुनसरीका उपाध्यक्ष प्रह्लाद दाहाल लगायतहरूकाे उपस्थिती रहेकाे थियाे । 

सहकारी संस्थाले १२ औ वार्षिक साधारण सभाकै अवसर पारेर उत्कृष्ट बचतकर्ता ४ जना र उत्कृष्ट ऋणी चार जनालाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । संस्थाले यो वर्ष कुल ६ करोड ३० लाख ६९ हजार ८७६ रूपैया कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रम संस्थाका अध्यक्ष बलराम भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।  कार्यक्रम इटहरी उपमहानगर ६ नं वडाध्यक्ष दिवस पोख्रेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित