ट्रंक लाइनको विद्युत महसुल भुक्तानी : उद्योगहरुको विद्युत कटौतीप्रति विराटनगरका उद्योगीको आपत्ति

माेरङ /  उद्योगहरुको विद्युत काटिएको घटनाप्रति आपत्ति जनाउँदै विराटनगरका उद्योगीहरुले तत्कालै सेवा सुचारु गर्न माग गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल भुक्तानी विवाद कायम रहेका बेला नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन कटौती गरेको भन्दै उद्योगी व्यवसायी सम्वद्ध संस्थाहरुले विरोध जनाएका छन् । उनीहरुले काटिएको विद्युत लाइन तत्काल जोड्न प्राधिकरणसँग माग गरेका छन् ।

प्राधिकरणले कोशी प्रदेशका सातवटा उद्योगले विद्युत महसुलवापत प्राधिकरणलाई २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार १७४ रुपैयाँ तिर्न बाँकी रहेको भन्दै विद्युत लाइन काटेको जनाएको छ ।उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेश समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विद्युत लाइन काटिएकोप्रति विरोध जनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित