हर्क साम्पाङकै अघाडी बालेनले भने – देशकाे नेताले यहाकाे मेयरबाट धेरै सिक्नुपर्छ

इटहरी । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले धरान सहर नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतले चिनिएको बताएका छन् । १२३ औ स्थापना दिवसको अवसर पारेर उपमहानगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले यस्ताे बताएका हुन ।

उनले हर्ककै अगाडी उनको तारिफ पनि गरे । धरानमा हराइसकेको श्रम संस्कृति , रीति तिथि , सांस्कृतिक पहिचानको प्रवर्द्धनमा मेयर साम्पाङ मात्र नभई सिङ्गो जनप्रतिनिधिहरूकाे याेग्दान अतुलनीय रहेको पनि बताए । मेयर बालेन्द्रले हर्ककाे श्रम अभियानबाट देशका उच्च नेताहरूले गतिलो पाठ सिक्नुपर्ने पनि बताए ।देशभरको ७५३ स्थानीयतहले हर्कबाट धेरै कुरा सिक्नुपर्ने उनको तर्क थियाे । 
जनताको पक्षमा काम गर्न कुनै एेन र कानुनले नछुने बस इच्छा शक्ति भए जे कुरा पनि सम्भव छ भनेर धरान सहरले देखाइदिएका मेयर बालेन्द्रले बताए । आफू बच्चै हुँदा देखि धरान सहरबारे धेरै कुरा सुनेको र जान्ने इच्छा पनि त्यतिबेलैदेखि जागेको जुन अहिले सम्म इच्छुक रहेको धारणा राखे ।

त्यस्तै कार्यक्रमका सभाध्यक्ष धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानवासीको सामूहिक एकताकै कारण श्रम अभियान सफल भइरहेको बताए । धरानले १२३ औ स्थापना दिवस मनाइरहँदा स्थानीय सरकार अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा कोसी प्रदेशका सांसद,छिमेकी नगरका स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि , विभिन्न राजनीतिक दलका प्रतिनिधि ,पत्रकार र सञ्चारकर्मीहरू साथै शयाै धरानवासीको व्यापक उपस्थिति रहेको थियो । धरान उत्सव आगामी ३ दिन सम्म रहने छ । 

प्रतिक्रिया

सम्बन्धित