बाइक दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे १ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र।१–०५–००१ प।७४३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय मनोज चौधरीको मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय ज्ञानेन्द्र मल्ल घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित