मोरङको मिक्लाजुङमा दिनदाहाडै कत्ती प्रहार

मोरङ । मोरङ मिक्लाजुङमा बिहिबार दीनदाहाडै अज्ञात समुहले कत्ती प्राहार गरेर एकजनालाई गम्भिर घाइते बनाएको छ । बिहिबार मध्यान्ह ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका ३ जनाको अज्ञात समुहले अन्दाधुन्द कत्ती प्राहार गर्दा मोरङ मिक्लाजुङ गाउँपालीका वडा नं. ६ का बरुण गुरुङ गम्भिर घाइते भएका छन । काम विषेशले भणन्डारि चोक आएका बरुणलाई अज्ञात समहुले अन्दाधुन्द कत्ती प्रहार गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन । कत्ती प्राहार गरी उनीहरु मधुमल्ला बजार हुदै झापा तर्फ भागेको बताइएको छ ।

कत्ती प्रहार बाट गुरूङको देब्रे हातका ३ ‌ओटा ‌औला, टाउको र ढाडमा समेत चोट लागेको इलाका प्रहरी कार्यालय मधुल्लाले बताएको छ । गुरुङलाइ उपचारका लागी झापाको बि एण्ड सी अस्पतामा भर्ना गरीएको छ। घटनामा संलग्नको प्रहरीले खोजी कार्यलाई तिब्र बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित