उर्लाबारीमा बिहानै गाउँ पस्यो हात्तीको हुल

मोरङ / मोरङको उर्लाबारीमा बिहानै बस्ती तर्फ हात्तीको हुल प्रवेश गरेको छ । आज बिहान मोरङको उर्लाबारीमा बस्ती तर्फ हात्तीको हुल प्रवेश गरेको हो । यसअघि भने राति मात्रै हातीको हुल जंगलबाट निस्कने गरेको थियो ।

रतुवामाई नगरपालिका–९ स्थित झर्ना टोलबाट गोप्पेश्वर मन्दिरको बाटो हुँदै हात्तीको हुल उर्लाबारी तर्फ गएको हो । ९ वटा जंगली हात्ती बस्तीमा देखिएको प्रहरीले बताएको छ । हात्तीलाई बक्राहा खोलातिर धपाउने काम भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव उपरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित