इटहरी ६ नं वडाकाे घर घरमा प्लस काेड सहितकाे नम्बर प्लेट टासियाे

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ६ मा बिहीबार देखि गुगल कोड सहितको घर नं प्लेट टाँस्ने अभियान थालिएको छ । वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा एक हजार घर धुरीमा गुगल कोड सहितको नम्बर प्लेट टाँसिने छ । यो अभियानले वडा भित्र रहेका घरहरूलाई गुगल कोड मार्फत सजिलै लाेकेसन पत्ता लगाउन मदत पुग्ने वडाध्यक्ष दिवस पोख्रेलले बताए । 

बढदाे सहरीकरण सँगै बाक्लिएका बस्तीहरूको विवरण राख्न पनि य कोडले मदत पुर्‍याउने वडाध्यक्ष पोख्रेलले बताए । पहिलो चरणमा एक हजार घर धुरीमा नम्बर प्लेट राखिसकेपछि यसको सकारात्मक पक्ष हेरेर सिङ्गो उपमहानगरका घरहरूमा यही विधि अपनाइने पनि वडाध्यक्ष पोख्रेलले बताए । 

गुगल काेर्ड सहितको नम्बर प्लेट राख्दा आफ्नो घर कुन एरियामा पर्छ अरूलाई लोकेसन देखाउन सजिलो हुने र कोही आफन्त घर नभेटेर हैरानी खेपिरहेका छन् भने उनीहरूलाई पनि नम्बर प्लेटमा भएको गुगल काेर्ड प्रदान गरेर सजिलै घर पत्ता लाग्ने वडाध्यक्ष पोख्रेलले बताए । इटहरी उपमहानगरको वडा नं ६ भित्र १९५० भन्दा बढी घरहरू रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित