धरानमा भोला, गुट्खालाई प्रतिबन्ध लगाउने तयारी , १२३ औं धरान स्थापना दिवस भब्य बनाइने

धरान । सुनसरीकाे धरान उपमहानगरपालिकाले नगरभित्र भाेला गुट्खा तथा सुर्तिजन्य पदार्थलाई प्रतिवन्ध लगाउने तयारी थालेकाे छ । शहर संगै वातावरणमा नकरात्मक असर पर्ने सम्भावनालाइ मध्यनजर गर्दै उपमहानगरले यस्ताे तयारी थालेकाे हाे ।

 १२३ औं धरान स्थापना दिवस अन्तरगत बिहीबार आयाेजना गरिएकाे नगर सरसफाइ कार्यक्रमलाई सम्बाेधन गर्दै उपमहानगरका मेयर साम्पाङले चाडै नै आफ्नाे नगरभित्र सुर्तिजन्य पदार्थहरू प्रतिबन्ध लगाउने तयारी थालिएकाे उदघाेष गरे ।

उनले  धरानलाई स्वस्थ्य, सफा, स्वच्छ र हराभरा बनाउन सबैको साथ चाहिने पनि बताए । सरसफाई अभियानको क्रममा भोला, गुट्खाको खोल अत्यधिक भेटिने गरेकाे पाइएपछि यसलाई प्रतिवन्ध लगाउने तयारीमा उपमहानगर जुटेकाे मेयर साम्पाङले बताए ।

"मानिसकाे स्वास्थ्य संगै वातावरणलाई पनि नकरात्मक प्रभाव पार्ने त्यस्ता कुराहरू शहरमा प्रतिवन्ध नै हुनुपर्छ" मेयर साम्पाङले भने । यस अघि   विराटनगर महानगरले ऐन बनाएर सुर्तिजन्य पदार्थ बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । धरानमा पनि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्दै आएको छ ।

धरानमा भोटेपुलदेखि श्रीजंगा चोक तीनकुनेसम्म वृहत सरसफाई अभियान भएको हो। उक्त अभियानमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ३, ४, ८, १३, १५ लगायतका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधिहरु पनि सहभागी भएका थिए । यस्तै, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगर प्रहरी, टोल विकास संस्था र विभिन्न सामाजिक संस्थाहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित