कोशीमा सभामुख चयनको प्रक्रिया सुरु गर्न सहमत

विराटनगर / कोशी प्रदेशसभामा सभामुख चयनको प्रक्रिया सुरु गर्न दलहरू सहमत भएका छन्।गत साउनमा बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरू सहमत भएका हुन्।

पुस २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन दलहरूले सहमति जनाएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख पद दिने सहमति छ। राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ।कोशी प्रदेशमा राप्रपाका ६ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित