बेतना सिमसारको साधारणसभा रोक्न माग गर्दे अदालतमा रिट दर्ता

बेलबारी । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको पुष १८ गते बुधबार तोकिएको साधारणसभा रोक्न माग सहित उच्च अदालत अदालत मोरङमा रिट दर्ता भएको छ ।

साधारणसभामा ३३ प्रतिशत परिषद महिला सहभागी नगराएको,आम उपभोत्ताको भेला नगराएको लगायत बिबिध माग सहित साधारणसभा रोक्न बेलबारी ४ का हेमकुमार राईले बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुह,निर्बाचन समिति,सब डिभिजन बन कार्यलय,जिल्ला बन कार्यलयलाई समेत बिपक्षी बनाएर मुद्धा दर्ता गरिएको छ । राई नेकपा माओबादी समर्थक हुन । पटक पटक निर्बाचन समितिलाई यो बिषयमा जानकारी गराउँदा समेत बेवास्ता गरेको आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित