बलात्कार आराेपमा एकजना पक्राउ

झापा /  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई प्रहरीले पक्राउ गरेको छ । 

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित