पहिचानवादिकाे बन्दले मेची राजमार्ग ठप्प : पाथीभरा दर्शनकालागि हिडेका भक्तजनहरू बिच बाटाेमै अलपत्र

इटहरी । प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको घोषणा गरेसँगै मेची राजमार्गमा यातायात ठप्प भएको छ । बन्दले गर्दा राजमार्गमा सार्वजनिक यातायातहरु चल्न सकेका छैन्न । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै पुष १८ र १९ गते बन्दको घोषणा गरेको थियो ।

सोही घोषणाको पहिलो दिन आज बन्दका कारण पूर्वका झापा, इलाम, पाँचथर लगायतका जिल्लाहरुमा कुद्ने लामो तथा छोटो दुरीको यातायात ठप्प छ । विर्तामोडबाट पक्राउ परेका बुलेट राईको रिहाइको माग राख्दै बन्द गरिएको छ ।

गत मंसिर ३०  र पुस १ गते गरिएको आन्दोलनको क्रममा ईलाममा पराल बोकेको  पिकअपमा आगजागीको आरोपमा पक्राउ परेका राईलाई तत्काल रिहाईको माग गर्दै पुन यातायात बन्दको कार्यक्रम सार्वजनिके गरेको हो ।

मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै राईलाई पक्राउ गरी झुटो मुद्दा लगाई अनुसन्धान गरिरहेकाले तत्काल रिहाई गर्न चेतावनी दिदै यातायात ठप्प पार्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित