सुनचाँदीको भाउ घट्याे

काठमाडौ /  बुधबार सुनचाँदीको भाउ घटेको छ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ । 


यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो । अघिल्लो दिनको तुलनामा आज २०० रुपैयाँले सुनको भाउ घटेको हो ।  

बुधबार चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैपाँमा किनेबेच भएको थियो । मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो । 
 

प्रतिक्रिया

सम्बन्धित